काठमाडौं । मिस ई कलेज, जुनियर स्कूल प्रिन्सेस्, मिस एयर होस्टेस् , मिस टिन कलेज,मिसेस व्यूटी क्वीन नेपाल कार्यक्रम गर्दै आएको सिजन मिडियाले एसइई परिक्षा दिएर बसेका युवतीहरुमा केन्दि«त गरी ‘ह्वाइ हाउस एसएलसी प्रिन्सेज २०१९’ नामक प्रतियोगिताका लागि आवेदन खुल्ला गरेको छ । प्रतियोगिताको व्राण्ड प्रायोजकमा हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेज रहेको छ भने मुख्य प्रायोजका नामी कलेज रहेको छ । साथै अन्य कलेजहरुमा मल्पी इनच्युट ,नोवल एकाडमी ,क्याम्पीएन एकाडमी,साउथओइस्टन कलेज आदीको सहयोग रहेको छ ।
नेपाली नयाँ वर्ष २०७६ साल संघसंघै प्रारम्भ हुने यो प्रतियोगितामा यसै वर्ष एसईइ परिक्षा दिएर वसेका छात्राहरुको सहभागिता रहनेछ । उनीहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर , नेतृत्वदायी क्षमताको विकास साथै उच्च शिक्षाको मार्ग निर्देशन दिंदै समाज उपायोगि जिम्मेवार व्यक्तिको रुपमा अगाडि आउन सहयोग गर्ने हेतुले साथै यसले उनीहरुको उच्च शिक्षा अध्ययनमा सहयोग र उज्ज्वल भविष्य निर्माणमा सहयोग पु¥याउने उदेश्यले यो कार्यक्रमको निरन्तरता दिन लागिएकोे हो ।
प्रतियागिताको आवेदन फारम २०७६ जेष्ठ १० गते सम्म सिजन मिडियाको कार्यालय कमलदीमा उपस्थित भइ आवेदन फारम भर्न सक्नु हुनेछ साथै प्रतियोगीहरुले एसएमएस वाट पनि आफ्नो नाम अग्रिम लेखाउन सक्नेछन त्यसको लागि प्रतियोगीले आफ्नो म्यासेज वक्समा गई एसपि स्पेश आफ्नो नाम र ३३००१ मा एसएमएस गरी म्यासेज पठाई आफ्नो नाम रजिस्टर गर्न सक्नेछन् ।
अन्तिम चरणको छनौट २०७६ साल जेष्ठ ११ गते सनिवार सिजन मिडियाको कार्यालयमा गरीने छ । काठमाडौ तथा उपत्यका वाहिर जिल्लामा रहेका विभिन्न स्कुलहरुवाट हरुमा एसइई परिक्षा दिएका छात्राहरुले आवेदन फारम भर्न सक्नु हुने छ । उक्त प्रतियोगीतामा जम्मा ३० जना प्रतियोगीहरु छनौट गरीने छ ।
उक्त प्रक्रियावाट छनौट भएका प्रतियोगीहरुलाई २०७६ साल जेष्ठ १२ गते आइतवार वाट ४५ दिन सम्मको लामो अवधीको प्रशिक्षण दिइने छ । प्रशिक्षणको क्रममा पौडी, शारारिक फिटनेश ,फोटो सेसन,दामन भ्रमण,टेवल म्यानर,फोटोग्राफी,फूटसल लगायत विभिन्न प्रतियोगीतात्मक खेलकुदका कार्यक्रमहरु,व्यक्तित्व विकास सम्वन्धी पनि प्रशिक्षण दिइने छ । विभिन्न सामाजिक संस्थाहरुको संस्थागत भ्रमण जस्तै, माइती नेपाल, नारकोनन नेपाल,वाल आश्रम, वृद्धा आश्रम आदि मिडिया सम्वन्धी जानकारी, कल्चरल भिजीट, विभिन्न कलेजको भ्रमण र हस्पीटालीटी सम्वन्धि जानकारी प्रदान पनि गराइने छ । स्टेज पर्फमेन्स क्याटवाक आदि लगायतका विद्यामा भने कोरियोग्राफर रोजीन शाक्यले गु्रमिङ गर्नु हुनेछ ।
विजेताले ताज उपाधि सहित उच्च शिक्षामा १ लाख वरावरको छात्रावृत्ति ल्यापटप,मोवाइलफोन र ५ दिनको वैङ्कक भ्रमणको अवसर प्रदान गरिने छ साथै अन्य गिफ्टहयाम्पर पाउने छिन । फस्ट रनर अप र सेकेण्ड रनर अपले भने क्रमशः उच्च शिक्षामा १ लाख वरावरको छात्रावृत्ति साथै मोवाइल आदि उपहारहरु पाउनेछन र अन्य गिफ्टहयाम्पर प्राप्त गर्ने छन् । यस बाहेक अन्य विभिन्न १७ विधामा पनि विजेता छनौट गरिनेछ ।