कीर्तिपुरको राष्ट्रवादी गीत सार्वजनिक

काठमाडौं । तत्कालिन गोरखाका राजा पृथ्वीनारायण शाहले कीर्तिपुर आक्रमण गरेको विषयलाई प्रस्तुत गरिएको फिल्म ‘कीर्तिपुरः द लिजेन्ड अफ कीर्तिलक्ष्मी’को गीत ‘म मरे भने’ सार्वजनिक भएको छ । प्रदीप खड्गी निर्देशित फिल्म आगामी असार १३ गते रिलिज हुँदैछ ।

सार्वजनिक गीतमा सतिस महर्जनको स्वर, हरिशरण सायमीको संगीत र सुशिल राजोपाध्यायको शब्द छ । स्व. बासु पासाद्वारा रचित ‘भैरवसिंह’ नामक ऐतिहासिक उपन्यासमा आधारित फिल्मलाई तथ्यसंगत बनाउन लिखित प्रमाणहरू फिल्मको शुरुमै राखिएको छ ।

प्रदीप र केके मानन्धरको पटकथा रहेको फिल्ममा हिसिला महर्जन, मणि राजलवट, यशराज गराच, सुशील राजोपाध्याय, लक्ष्मी गिरी, मदनदास श्रेष्ठ, सुरवीर पण्डित, अन्जला नकर्मी, मञ्जु श्रेष्ठ, विनोद श्रेष्ठ, सञ्जय शर्मालगायतका कलाकारहरूको अभिनय छ।

फोकस पिक्चर्सको व्यानरमा निर्माण गरिएको फिल्ममा ९० प्रतिशत भीएफएक्स, एनिमेशन गरिएको छ। सन्तोष केसीको एनिमेसन रहेको फिल्ममा हरिशरण सायमीको संगीत, उदय श्रेष्ठको द्वन्द्व, शंकर महर्जन र नविन जोशीको छायांकन छ । फिल्मका कार्यकारी निर्मातामा वीरेन्द्र ताम्राकार र प्रेम खड्गी तथा अनन्त श्रेष्ठ निर्माता छन्।