मायाले प्रेमदिवस सिँगार्दै प्रियंका–आयुष्मान

काठमाडौं । आगामी जेठ ३१ गते रिलिज हुने फिल्म ‘प्रेम दिवस’ को शीर्ष गीत ‘प्रेमदिवस’ सार्वजनिक भएको छ । सुरज तामाङ र शैलु आरएल सिंहको स्वर रहेको गीतमा सन्तोष पोखरेलको शब्द र करण राज कार्कीको संगीत छ । मोसन पिक्चर्स शैलीमा निर्माण गरिएको गीतमा फिल्मका प्रमुख कलाकार आयुष्मान देशराज जोशी र प्रियंका कार्की फिचर्ड छन् ।

योगेश घिमिरेको निर्देशन रहेको फिल्ममा प्रियंकाको एक गरिब र धनी युवकसँग प्रेम रहँदा आइपर्ने उचारचढावलाई देखाइएको छ । फिल्ममा प्रदीप भारद्वाजको लेखन छ । फिल्ममा हेमन्त बुढाथोकी, शिव शंकर रिजाल, उत्तम केसी, सञ्जय न्यौपाने, श्रीकृष्ण लुइँटेललगायतका कलाकारहरुले अभिनय गरेका छन् । फिल्ममा विशाल खरेलको डेब्यू अभिनय छ ।

फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व, बनिष शाह र मिलन श्रेष्ठको सम्पादन, मानकृष्ण महर्जनको छायांकन छ । मनिष दाहाल निर्माता रहेको फिल्मका कार्यकारी निर्माता सञ्जय न्यौपाने हुन् । गीतमा कविराज गहतराजले कोरियोग्राफी गरेका छन् ।