शंकरको ममा ७० वर्षे दलबहादुर मोडल

काठमाडौं । गीतकार शङ्कर के राईको शब्द तथा संगीतकार डिबी खड्काको संगीत रहेको नयाँ गीत ‘म’ को भिडियो सार्वजनिक भएको छ । भिडियोमा ७० वर्षका दलबहादुर वली तामाङ फिचर्ड छ । धरान निवासी ब्रिटिस आर्मीका रिटायर्ड मेजर तामाङलाई भिडियोमा डा. एविन्द्र रुम्दाली राईले साथ दिएका छन् ।

अमिर, गरिव, अभिनेता, प्रोफेसर, बिद्यार्थी, बिरामी, लाहुरे, गाउले, जागिरदार लगायत समाजका जुनै मानिस पनि पुर्ण हुँदो रहनेछ भन्ने गीतले प्रष्ट्याउन खोजेको छ ।  गायक बिश्व नेपालीको स्वर रहेको गीत बजारमा अहिले भित्रिने गीत भन्दा निकै फरक छ । गीतको एक आकर्षक भिडियो समेत बनाइएको छ ।

गीतले मनोरन्जन दिनुको साथै सबै मानिसलाई एउटै सुत्रमा बाध्ने काम गरेको गीतकार शङ्कर के राइले बताए । उनले भने ‘गीतले गीत संगतिको महासागरमा एउटा फरक तर सही मार्गमा हिड्न उत्प्रेरित गर्ने गीतकार राईको भनाई रहेको छ ।  भिडियोमा सिरकुमार साम्पाङ राई र अरुण सुनारको छायांकन, सुरेश राउतको सम्पादन र एलपी पाण्डेको निर्देशन छ ।