२५ वर्षपछि मुकाबलामा नाच्दै प्रभुदेवा

मुम्बई(एजेन्सी) । झण्डै २५ वर्ष अगाडि अर्थात् सन् १९९४ मा आएको प्रभुदेवाको तमिल फिल्म ‘काधलान’ को गीत ‘मुक्काला मुकाबला’ निकै चर्चित भएको थियो । यो फिल्मलाई हिन्दीमा ‘हमसे है मुकाबला’ नामबाट डब गरिएको थियो । यसको हिन्दी गीत पनि सुपरहिट भएको थियो । अब यो गीतलाई रिमेक गरेर फिल्ममा पुनः प्रयोग गरिने भएको छ ।

समाचार अनुसार रेमो डिसुजा आफ्नो आगामी फिल्म ‘स्ट्रीट डान्सर घडी’मा यो गीतलाई नयाँ भर्सनमा प्रयोग गर्दैछन् । यो गीतको सुटिङ हालै दुबईमा गरिएको छ । यो गीतमा प्रभुदेवा पुनः एकपटक आफ्नो कठिन नृत्य शैलीलाई देखाउनेछन् । गीतमा उनको अलावा वरुण धवन र श्रद्धा कपुर पनि देखिनेछन् ।

फिल्मलाई भूषणकुमारले निर्माण गर्नेछ । फिल्ममा वरुण र श्रद्धा डान्सरको भूमिकामा देखिनेछ । फिल्ममा नोरा फतेही, सोनम बाजवा, धर्मेश, शक्ति मोहन र वर्तिका झाको पनि अभिनय रहनेछ ।