एकसाथ २७ एलबम र दुई पुस्तक सार्वजनिक

काठमाडौं । सम्भवत विश्वकै इतिहासमा नयाँ रेकर्ड कायम राख्दै गीतकार बी बी थापाको एकैसाथ २७ गीति एलबम र दुई पुस्तकको लोकार्पण गरिएको छ । नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाले एलबम र पुस्तक सार्वजनिक गरेका हुन् ।

छायाँछबि क्रियशनको आयोजनामा भएको कार्यक्रममा छायाँछबिका अध्यक्ष शान्तिप्रियले नेपाली संगीतकै इतिहासमा एकै साथ २७ गीति एलबम एवं दुई पुस्तक लोकार्पण हुनु गौरवान्वित बिषय भएको बताए । एलबमका श्रष्टा बी बी थापाले आफूले गरेको मेहनत सार्थक भएको बताए ।

नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाले गौरबपूर्ण यस किसिमको कार्यक्रममा हिस्सा बन्न पाएकोमा खुसी लागेको बताए । कार्यक्रममा विभिन्न ५ गीतहरुका भिडियो देखाइएको थियो ।

जीवन रसाइली, सुब्रत आचार्य एवं हेम प्रभाषले निर्देशन गरेको भिडियोमा गम्भीर विष्ट, प्रदिप बास्तोला, एलिशा राई, श्रीदेव भट्टराई, अनामिका चौलागाई, जेवीका कार्की आदि फिचरिङ थिए ।