किन तनावमा राजेश हमाल ?

काठमाडौं । अभिनेता राजेश हमालले अभिनय गरेको म्युजिक भिडियो ‘व्यर्थै रहेछ’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा लोकराज अधिकारीको शब्द, लक्ष्मण शेषको संगीत र उदय सोताङको स्वर छ ।

भिडियोमा राजेश हमालसँग शिलास्मा हमाल फिचर्ड छिन् । उत्सव दाहालले खिचेको भिडियो सम्पादन विकास दाहालले गरेका छन् । भिडियो निर्देशन अर्जुन अधिकारीले गरेका हुन् ।