शान्ति, लक्ष्मण र कृष्णलाई पत्रकारिता सम्मान

काठमाडौंं । योङ माइन्डस् इन्टरटेनमेन्टले वरिष्ठ कलाकार जयनन्द चन्दलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान गर्ने भएको छ । इन्टरटेनमेन्टले यहि असार ८ गते आयोजना गर्न लागेको दोस्रो ‘योङ माइन्डस् इन्टरटेनमेन्ट अवार्ड २०७६’मा चन्दलाई यो सम्मान दिन लागेको हो । थुपै फिल्ममा अभिनय गरेका ७८ वर्षे चन्द स्वस्थ्य उपचारको लागि हाल अल्का अस्पतालमा भर्ना भएका छन् ।

राष्ट्रिय गीतका सर्जका ब्याकुल माइलालाई ‘राष्ट्रिय गायन’ सम्मान दिइने कार्यक्रममा रंगपत्रकार शान्ती प्रिय, कृष्ण भट्टराई र लक्ष्मण सुवेदीलाई पत्रकारीता सम्मानद्धारा सम्मानित गरिदैछ ।

नेपाली गीत, संगीत तथा त्यसका श्रष्ठाहरुलाई सम्मान तथा पुरस्कृत गर्ने उदेश्यले आयोजना हुन लागेको यो अवार्डमा प्रोत्सान र जुरी सहित गीतसंगीतका बिभिन्न बिधा गरेर कुल ५० बिधा समेटिएको छ ।

राष्ट्रिय नाचघरमा एकभब्य कार्यक्रम सहित बितरण गरिने अवार्ड नेपाली गति संगीतको महाउत्सव भएको आयोजक योङ माइन्डस् इन्टरटेनमेन्टका मुनाल शिशिर कोइरालाले बताए । ‘अवार्डको लगभग लगभग तयारी सकिएको छ’ कोइरालाले भने ‘गीत संगीत, चलचित्र लगायत सबै क्षेत्रका कलाकारको उपस्थिती अवार्डमा रहनेछ ।’