आलिया फकाउँदै बिजनेसमेन सलमान

मुम्बई(एजेन्सी) । यो वर्षको मार्चमा बलिउड अभिनेता सलमान खानले आफू सन्जय लिला भन्सालीसँग १९ वर्षपछि काम गर्न लागेको घोषणा गरेका थिए । सलमानले भन्सालीसँग फिल्म ‘हम दिल दे चुके सनम’मा काम गरेपछि अन्य फिल्ममा काम गरेका थिएनन् ।

सन्जयको नयाँ फिल्मको नाम ‘इन्शाल्लाह’ हो । यो फिल्ममा पहिलोपटक उनी आलिया भट्टसँग रोमान्स गर्दै भेटिनेछन् । समाचार अनुसार फिल्ममा सलमान ४० वर्षको अमेरिकी बिजनेसमेनको भूमिका निभाउँदैछन् । फिल्ममा आलिया २२ वर्षकी युवतीको भूमिकामा हुनेछिन् । जो नायिका बन्न चाहन्छिन् ।

यो फिल्मको कथा सलमानको सन् १९९८ मा रिलिज फिल्म ‘जब प्यार किसी से होता है’सँग मिल्दोजुल्दो छ । नयाँ फिल्ममा सलमान पार्टीमा रमाउने किसिमको भूमिकामा छन् । तर उनका पिता सलमानको व्यवहारबाट आजित भएर उनलाई जीवन सुधार्न सल्लाह दिन्छन् । यही बेला उनको जीवनमा आलियाको प्रवेश हुन्छ । यो फिल्मको दोस्रो भाग सलमानकै फिल्म ‘जानम सम्झा करो’सँग मिल्दोजुल्दो छ । फिल्म सन् २०२० को इदको मौकामा रिलिज हुनेछ ।