सलमान र आलियालाई कडा सुरक्षा

मुम्बई(एजेन्सी) । बलिउड निर्देशक सञ्जय लीला भन्सालीको बहुप्रतिक्षित फिल्म ‘इन्शाअल्लाह’को सुटिङको तयारी अन्तिम चरणमा पुगेको छ । सलमान खान र आलिया भट्टको प्रमुख भूमिकामा अभिनय रहने फिल्मको सुटिङमा कुनै पनि असुविधा र बाधा व्यवधान नहोस् भन्नका लागि भन्सालीले त्यही अनुसारको तयारी गरेका छन् ।

भन्सालीले आलियाको होम सिक्वेन्स छायांकन गर्नका लागि वनारस र उत्तराखण्डको लोकेसन छनोट गरेका छन् । यो स्थानमा छायांकन पछि फिल्म मियामीमा खिचिनेछ । यहाँ फिल्मका प्रमुख दृश्य खिचिनेछन् । फिल्मको सुटिङको कुनै पनि तस्बिर वा भिडियो बाहिर नआओस् भन्नका लागि भन्सालीले कडा सुरक्षा व्यवस्था मिलाएका छन् । उनले सलमानको सुरक्षाका लागि उच्च सुरक्षाकर्मी परिचालन गर्ने निर्णय पनि लिएका छन् ।

सलमान र आलिया आफैमा ठूला स्टार भएकाले उनीहरूको सुटिङमा पर्ने सम्भावित समस्यालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पार्ने तयारी गरिएको छ । सलमान हालका दिनमा आफ्नो कप ड्रामा फिल्म ‘दबंग ३’को तयारीमा व्यस्त छन् । यो फिल्ममा एक फ्ल्यासब्याक सिनका लागि सलमानले सात किलो तौल घटाएका छन् ।