कोशिस कुर्दै केकी

काठमाडौं । आगामी साउन १७ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘रातो गलबन्दी’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा प्रेम, विछोड र एक्सनलाई प्राथमिकता दिइएको छ । ट्रेलरमा फिल्मकी नायिका केकी अधिकारी, कोशिस क्षेत्री, बुद्धि तामाङ र ए गुरुङ फिचर्ड छन् ।

नवनिर्देशक अनिश थापाको निर्देशनमा बनेको फिल्ममा हिमाल कडरिया र दुर्गा बस्नेत निर्माता छन् । मनिसमा फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मको स्क्रिप्ट किरण माइकलले लेखेका हुन् । हिमाल कडरियाको कथा रहेको फिल्मको सहनिर्माता बासुदेव घिमीरे,अमृता मगैराम र कृष्ण घिमीरे तथा प्रकाश दुलाल कार्यकारी निर्माता छन् । निर्देशक थापा ‘रातो गलबन्दी’ भरपुर मनोरञ्जनका साथै सामाजीक सन्देशयुक्त फिल्म भएको बताउछन् ।

पूर्वी नेपालका बिभिन्न स्थानमा खिचिएको फिल्मको लाइन प्रोड्युसरमा प्रकाश सेनदाङ,मनोज उप्रेती र युएस लाइन प्रोड्युसरमा बेनुप्रसाद मैनाली छन् । सुमन तामाङले खिचेको फिल्ममा अष्ट महर्जनको द्धन्द्ध निर्देशन छ । रातो गलबन्दीको बितरण आरआर फिल्मस्ले गर्दैछ ।