दृष्टिविहिनले गाए प्रेमगीत ३

काठमाडौं । रेडियो नेपालमा फिल्म ‘प्रेमगीत ३’ शीर्ष गीत रेकर्डिङ गरिएको छ । फिल्म ‘प्रेमगीत’को तेस्रो सिक्वेलको शीर्ष गीतलाई रेडियो नेपालको सबैभन्दा ठूलो रेकर्डिङ स्टुडियोमा लगभग ८० जना बाद्यबाधक तथा फिल्मका कलाकारको सहभागितामा रेकर्ड गरिएको हो । जसमा केही दृष्टिविहिन कलाकारले पनि स्वर दिएका छन् ।

फिल्मका निर्माता सन्तोष सेनका अनुसार रेकर्डिङको सामूहिक आवाजका लागि कलाकारहरु शिव श्रेष्ठ, प्रदीप खड्का, क्रिस्टिना गुरुङ, निर्देशक छेतेन गुरुङ र सन्तोष सेन लगायतका कलाकारहरु रेडियो नेपाल पुगेका थिए । आकेष्ट्रा सहितको बाद्यबाधकको संलग्नतामा रेकर्डिङ गरिएको गीतलाई प्रताप दास र प्रविशा अधिकारीले आवाज दिएका छन् । राजेश कुमारको शब्दमा गीतलाई एलिश कार्कीले संगीत संयोजन गरेका हुन् ।

असोजमा छायांकनमा जाने ‘प्रेमगीत–३’ मा शिव श्रेष्ठ, सुनिल थापा, प्रदीप खडका, कृष्टिना गुरुङ, सन्तोष सेन, पुष्कर कार्की, प्रेम पुरी, क्रिजन गौतम, अनुभव रेग्मी, समृद्धी शाही ठकुरी, माओत्से गुरु, लक्ष्मी बर्देवा लगाएतका कलाकारहरुको अभिनय रहनेछ ।

फिल्मलाई सन्तोष सेन र छेतेन गुरुङले संयुक्त रुपमा निर्देशन गर्नेछन् । ‘प्रेमगीत–३’ नयाँ वर्षको छेको पारेर चैत २८ गते प्रदर्शनमा गरिनेछ ।