बाबुले जन्माए नानु बाबु !

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा दुई दशक देखी निरन्तर रुपमा काम गरिरहेका गायक,नायक तथा संगीतकार बाबु बोगटीका चर्चित गीतहरु सान्नानी, जमुना, तुलसी, साली, टिकुली हुन् ।

हाल भने उनले नयाँ गीत ‘नानु बाबु’ लिएर बजारमा आएका छन् । जुन गीतमा डान्सर तथा गायीका बसन्ती राईले गायन तथा अभिनयमा साथ दिएकी छिन् । डान्सिङ्ग तथा रमाईलो प्रकारको गीतको भिडियोलाई गजित बिष्टले निर्देशन गरेका छन् ।

गीतमा बाबु बोगटी र बसन्ती राईलाई फिर्चड गरीएको छ । गीतमा बाबु बोगटीको शब्द संगीत तथा गायन रहेको छ । गीतलाई बाबु बोगटीको आफ्नै युटुब च्यानलमार्फत सार्वजनिक गरेका छन् ।