काठमाडौं । अभिनेता आर्यन सिग्देलको रम–कम जनराको फिल्म ‘च च हुई’ को ट्रेलर सार्वजनिक भएको छ । सिल्की सिल्की बाल र जवानी बोलको दुइ गीत सार्वजनिक गरिसकेको टिमले सार्वजनिक गरेको ट्रेलर आर्यन सिग्देल, भोलाराज सापकोटा, मिरुना मगर, माओत्से गुरुङ वरपर घुमेको छ । दुई बेरोजगार युवाको जीवनमा एउटा किताबले ल्याउने उतारचढावलाई फिल्ममा रमाइलो किसिमले प्रस्तुत गरिएको छ ।
आर्यन र भोला हङकङमा काम गरिरहेका दुई युवाको भूमिकामा छन् भने मिरुना हिमाली भेगको युवतीको भूमिकामा छिन् । फिल्ममा निर्देशन र सम्पादन साम्तेन भुटियाको रहेको छ । फिल्ममा पुस्कर गुरुङ, आर्जेस रेग्मी, बबिता मल्ललगायतको अभिनय पनि रहेको छ । एजीएल इन्टरटेनमेन्टको ब्यानरमा फिल्म अमृत घोले लामाले निर्माण गरेका हुन् ।
फिल्ममा सुशन प्रजापतिको छायांकन, पटकथा सिजन दाहाल र सन्देश अर्यालको पटकथा, राजनराज शिवाकोटी र रोशन थापाको संगीत, निमा लामाको मेकअप, रेनिश फागोको कलर करेक्सन, श्री श्रेष्ठको द्वन्द्व, शिशिर खातीको कोरियोग्राफी, सुजिल कर्माचार्यको ब्याकग्राउण्ड स्कोर रहेको छ । फिल्मलाई उपत्यकामा रिच इन्टरटेनमेन्टका करण श्रेष्ठ र मोफसलमा एफडी कम्पनिले वितरण गर्नेछ ।