बालुवाको घरमा विकास, संगम र अस्मी

काठमाडौं । गायक सुरज मानन्धरको स्वरमा रहेको नयाँ ‘बालुवाको घर’को भिडियो सार्वजनिक भएको छ । गीतमा शब्द ललिता कुँवरको र संगीत चन्दन दत्त श्रेष्ठको रहेको छ । फणिन्द्र राइले संगीत संयोजन गरेको गीतले मायामा पिडा पाउनेको कथा बोल्छ ।

मदन खड्काले निर्देशन गरेको भिडियोमा वीरेन्द्र भट्टको छायांकन र विष्णु खड्काको सम्पादन छ । सार्बजनिक भिडियोमा विकास लामिछाने, संगम शर्मा र अस्मी थापा फिचर्ड छन् । सेलिब्रेटी नेपालले निर्माण गरेको भिडियो सेलिब्रेटी नेपालकै अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।