गेष्ट अपेरियन्समा शाहरुखको रहर

मुम्बई(एजेन्सी) । बलिउड सुपरस्टार शाहरुख खान पुनः दर्शकमाझ कहिले आउनेछन् भन्ने कौतुहलता उनका फ्यानमाझ निकै बढ्दो छ । हालको अवस्थामा भने उनी पुनः पर्दामा फर्किने सम्भावना धेरै देखिदैन । उनी कुनै फिल्ममा आइहाले भने कोही अन्य निर्माताको फिल्ममा केबल गेष्ट अपेरियन्समा मात्र देखिनेछन् । हालै मात्र उनी डेभिड लेटरमेनको शो ‘माइ नेक्सट गेस्ट नीड्स नो इन्ट्रोडक्शन’मा देखिएका थिए ।

यो शोमा शाहरुखको स्टारडमलाई पुनः दर्शकले एकपटक जबरजस्त हेर्ने मौका पाएका थिए । उनी निकै आत्मविश्वासी थिए र उनले आफ्नो जिन्दगीसँग जोडिएका सबै भावनात्मक मुद्धालाई रमाइलो किसिमले प्रस्तुत गरे । शाहरुखको पुनरागमनका विषयमा लगातार उठिरहेको प्रश्नमा उनले आफूलाई कुनै गेष्ट अपेरियन्समा मात्र उपयुक्त ठानेका छन् ।

पछिल्लो दिनमा रणबीर कपूर र आलिया भट्ट स्टारर फिल्म ‘ब्रह्मास्त्र’मा शाहरुख गेष्ट अपेरियन्समा देखिने चर्चा चलेको थियो । यसबाहेक उनी आनन्द एलरायको आउन लागेको फिल्ममा पनि शाहरुखलाई गेष्ट अपेरियन्सको कुरा गरिएको थियो । यो कुराले पनि के प्रष्ट्याउछ भने हालका दिनमा शाहरुख क्यामरा पछाडिको काममा नै रमाइरहेका छन् ।

बलिउडमा अहिले शाहरुखको कामलाई नजिकबाट हेरिरहेका फिल्मकर्मीहरु शाहरुखको यो क्रियाकलाप उनले लगातार पाइरहेको असफलताको कारण हो या उनको पूर्व योजनाबद्ध काम हो भन्ने विषयमा चर्चा चल्न थालेको छ । यो विषयमा शाहरुखले अहिलेसम्म मुख खोलेका छैनन् ।