डम्बरको सुइटर फाटेपछि…

काठमाडौं । गायक डम्बर नेपालीको नयाँ गीत ‘सुइटर फाटेको’को भिडियो सार्वजनिक भएको छ । गायक नेपालीकै शब्द संगीत रहेको गीतको भिडियो निर्देशन प्रविन भट्टले गरेका हुन् ।

भिडियोमा सम्झना रिमाल, विशाल घिमिरे, सोमु गुरुङ र जिना ब्रिजीले अभिनय गरेका छन् भने डम्बर नै भिडियोमा मुख्य भुमिकामा देखिएका छन् । ग्रामिण परिवेशको माया अनि गरिवीको पीडालाई गीतमा मुख्य रुपमा उतारिएको गायक डम्बरले बताए ।

‘आफ्नो प्रेमिकाको छेउमा कसलाई ‘टिपटप’ बनेर हिड्न मन लाग्दैन र ? गायक डम्बरले भने ‘ तर प्रेमिकालाई भेट्न सुईटर च्यातिएर समस्या भएका समस्या भएको कुरा उल्लेख गरिएको छ ।

लामो समय देखी नेपाली सांगीतिक यात्रामा अनवरत रुपमा लागिरहेका नेपालीले ‘सुईटर फाटेको’को बाट आशावादी भएको बताए । गायक नेपालीको ‘मेरो जिवनबाट जाने भए जाउ तर, अन्तिम पल्ट भेट्न आउ’ बोलको गीतले छिन्नलता पुरस्कार पाएको थियो ।