काठमाडौं । गायिका देबिका वन्दनाको नयाँ गीत ‘भोलिलाई कसले पो देख्या छ’ सार्वजनिक भएको छ । नरहरि प्रेमीको शब्द, संगीत, अमोश तामाङको एरेञ्ज र दीप तुलाधरको मिक्सिङ÷माष्टरिङ रहेको मारुनी गीतमा दीपशाक्य श्रेष्ठको निर्देशन÷कोरियोग्राफी छ ।
भिडियोमा आकाश श्रेष्ठ, निशा गुरुङ, विशाल गुरुङ र विजी एरोविक एण्ड डान्स एकेडमी पोखराको डान्स गु्रप फिचर्ड छ । अनिल श्रेष्ठले निर्माण गरेको भिडियोमा संजय लामाको छायाँकन र विजेश पौडेलको सम्पादन रहेको छ । गीतको भिडियोलाई देबिकाकै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
देबिका वन्दनाले ‘एउटा परदेशी’, ‘अच्छा लेकिन’, ‘भरे आउँछु सपनीमा’, ‘नेपाली माया चाहिन्छ’, ‘यस्तै रहेछ यहाँको चलन’, ‘तिमीलाई मेरो यो आँखामा’लगायत दर्जनौ राष्ट्रिय, भजन, सुगम सङ्गीत र चलचित्रका चर्चित गीत स्रोता÷दर्शकमाझ पस्किएकी छन् । आफ्ना अन्य गीत जस्तै भरखरै सार्वजनिक गीत ‘भोलिलाई कस्ले पो देख्या छ’ले पनि स्रोता÷दर्शको माया पाउने आफू आशावादी रहेको बन्दनाले बताइन ।