काठमाडौं । गायिका इन्दिरा तिवारीको स्वरमा रहेको गीत ‘हल्का हल्का गुनगुनायो’ सार्वजनिक भएको छ । अर्जुन पोखरेलको शब्द र संगीत रहेको गीतको भिडियो प्रेम दिवसको अवसर पारेर सार्वजनिक गरिएको हो ।
यो गीतमा इन्दिरालाई गायक युवराज चौलागाईंले स्वरमा साथ दिएका छन् । महाराज थापाको संगीत संयोजन रहेको गीतमा प्रकाश केसीले मिक्सिङ र माष्टरिङ गरेका छन् ।
निशान कश्यपको निर्देशन र प्रमोद भण्डारीको कोरियोग्राफी रहेको गीतको भिडियोमा सृष्टि खड्का र निराजन प्रधान फिचर्ड छन् । गीत मुस्ताङमा छायांकन गरिएको छ । भिडियोमा बुद्ध थापाको छायांकन र सुरेश काफ्लेको ड्रोन छ ।