मैच्याङमा प्रियंकाको ठुम्का

काठमाडौ । गायक जेय अथर र आइजेनको नयाँ गीत सार्वजनिक गरिएको छ । हालै काठमाडौको नाईट क्लब फरेनहाईटमा उक्त गीत सार्वजनिक गरिएको थियो । उक्त गीत यूट्यूबाट समेत सार्वजनिक गरिएको छ ।

गीतमा जेय र आइजेनको साथमा नायिका प्रियंका कार्की फिचर्ड छिन् । गीतको भिडियोलाई सुयोग गुरुङले निर्देशन, सम्पादन तथा कलर ग्रेडिङ गरेका छन् । सुयोगले यसअघि फिल्म ‘सानो मन’ निर्देशन गरेका थिए भने उनले केहि टिभि कमर्सियल पनि बनाएका छन् ।

केहि पुराना गीतहरुलाई समेत फ्यूजन गरिएको यो गीत सार्वजनिक भएसँगै चर्चा पाईरहेको छ । गीतलाई जेय र आइजनले संयुक्त लेखेका हुन् । यसअघि उनिहरुको गीत ‘टाइम छैन’ चर्चित बनेको थियो, जसलाई हाल सम्म यूट्यूबमा मात्र करिव ९३ लाखले हेरेका छन् ।