रेखाको फिल्ममा स्मिता र प्रतापको गीत

काठमाडौं । रेखा फिल्मसको नयाँ फिल्ममा गायिका स्मिता दाहालको स्वर रेकर्ड गरिएको छ । पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी नातिनी स्मिताले यसै साता फिल्मका लागि आफ्नो स्वर रेकर्ड गराएकी हुन् ।

स्मिताले बाह्र वर्षकै उमेरदेखि गीत गाउन थालेकी हुन् । उनले गाएको पछिल्लो गीत मायालु तिमी कता छौं र कल्लाई था छैन् गीतहरु हिट भए । मायालु तिमी कता छौं गीत सुनेर रेखा र बसन्तले स्मितालाई आफ्नो प्रोजेक्टमा आवद्ध गराएका हुन् । नेपाल आइडल फेम्ड प्रताप दासले पनि आफ्नो स्वर रेकर्ड गराइसकेका छन् । प्रतापले गाएको प्रेम गीत ३ को शिर्ष गीतको लिरिकल भिडियो गत साता सार्वजनिक भएको छ ।सागीतमा शब्द तथा संगीत बसन्त सापकोटाले सृजना गरेका छन् । एरेञ्ज उदयराज पौडेलले गरेका हुन् ।

संगीतकार सापकोटा रेखा फिल्मसको यो गीतलाई लिएर निकै उत्साहित छन् । जसरी सिम्पल सिम्पल कान्छी र स्लोली स्लोली दर्शकमाझ सुपरहिट भएका थिए । रेखा जीको नयाँ फिल्मको यो गीत पनि सुपरहिट हुन्छ भन्ने विश्वास लिएको छु, बसन्त सापकोटा भन्छन् । सविर श्रेष्ठले निर्देशन गर्ने फिल्ममा रेखा थापा, सौगात मल्ल र दयाहाङ राईको मुख्य भूमिका रहनेछ । बैशाखबाट छायाँकन सुरु हुने रेखाको फिल्म तिहारमा रिलिज हुनेछ ।