फार्म हाउस क्वारेन्टाइनमा सलमान

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता सलमान खानको फ्यान फलोइङ विश्वभर नै छ । यही कारण उनको कुनै पनि फिल्म होस्, रिलिज अघि नै चर्चामा आउँछ । सलमान आफ्नो आगामी फिल्म ‘राधे’को सुटिङमा व्यस्त छन् । प्रभु देवाको निर्देशन रहेको यो फिल्ममा सलमान प्रमुख भूमिकामा छन् । कोरोना भाइरसको कारण यो फिल्मसँगै अन्य फिल्मको हाल छायांकन रोकिएको छ ।

फिल्मको सुटिङ रोकिएपछि सलमान आफू बस्दै आएको ग्यालेक्सी अपार्टमेन्टभन्दा निकै टाढा पनवेलस्थित फार्म हाउसमा छन् । जहाँ उनले क्वारेन्टाइनको आनन्द लिइरहेका छन् । फार्म हाउसमा सलमानका साथ उनकी बहिनी अर्पिता र आयुष शर्मा छन् । परिवारलाई पुरा समय दिने सलमानको मनपर्ने ठाउँ उनको फार्म हाउस नै हो ।

सलमानको फार्म हाउस निकै ठूलो छ, जहाँ ताजा सब्जी उत्पादन हुन्छ । यहाँ सलमानका लागि जिमको पनि व्यवस्था गरिएको छ । जहाँ उनी दैनिक व्यायाम गर्छन् ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केही समय अघि भारतमा जनता कफर््यू लगाए पछि सलमानका पिता सलीम खान ग्यालेक्सी अर्पाटमेन्टमा एक्लै देखिएका थिए ।