कोरियन गायकलाई जेल सजाय

सिओल(एजेन्सी) । कोरियन पप स्टार चोई जोङ हुनलाई स्थानीय अदालतले एक वर्षको जेल सजायको आदेश दिएको छ । यौन पीडितको भिडियो बनाएर आफ्ना साथीहरुमाझ पठाएको अभियोगमा ३१ वर्षे गायकलाई एक वर्षको जेल सजाय सुनाइएको छ । यसअघि यी गायकले अर्का गायक जूंग जून यंगसँग मिलेर सन् २०१६ मा दुई पार्टीको समयमा मदिराले मातिएकी एक महिलालाई यौन उत्पीडन गरेको आरोपमा पाँच वर्षको जेल सजाय भोगिसकेका छन् ।

एफटी आइल्याण्ड ब्याण्डका पूर्व सदस्य चोईले आफ्नो यौन पीडितको फोटो खिचेर तथा अवैध रुपमा भिडियो बनाएर आफ्ना साथीहरुको च्याट रुपमा पठाउने गर्दथे । चोईलाई सियोल सेन्ट्रल डिस्ट्रिक कोर्टले सजाय सुनाएको हो । ‘उनीमाथि एक नग्न महिलाको शरीरको भिडियो बनाएको र त्यो भिडियोलाई अन्य व्यक्तिमाझ साझा गरेको तथा पोर्नोग्राफी कन्टेन्ट वितरण गरेको आरोप छ । उसले सजिलौ भिडियोलाई फैलाएका छन् । यो ठूलो सामाजिक क्षति हो’, अदालतका न्यायधिसले भनेका छन् ।

अदालतले गायकलाई दुई वर्ष निलम्बन गर्न र ८० घण्टा यौन हिंसा पुनस्र्थापना कार्यक्रममा सहभागी गराउन आदेश दिएको छ । अदालतले पाँच वर्षका लागि बालबालिका तथा युवा लक्षित कार्यक्रममा रोजगारका लागि पनि प्रतिबन्ध लगाएको छ । सन् २०१६ मा प्रहरीबाट पक्राउ हुनासाथ उनले प्रहरीलाई दुई लाख कोरियन रुपैंयाँ घुसका रुपमा दिन खोजेका थिए ।