कोरोनाका कारण जापानी कमेडियनको निधन

टोकियो(एजेन्सी) । कोरोना भाइरसको संक्रमणका कारण जापानी कमेडियन केन शिमुराको निधन भएको छ । कोरोनाबाट ग्रसित भएपछि केन शिमुरालाई अस्पताल भर्ना गरिएको थियो । ७० वर्षका केनको आइतबार अस्पतालमा निधन भएको हो ।

यसअघि हलिउड सुपरस्टार मार्क ब्लम र गायक सीवाय टकरको कोरोनाकै कारण निधन भइसकेको छ । ७० दशकबाट करियर शुरु गरेका केन जापानकै चर्चित कमेडियन थिए । उनलाई गत २० मार्चमा ज्वरो आएर निमोनिया भएपछि अस्पताल भर्ना गरिएको थियो ।

मार्च २३ मा उनको कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । कोरोनाको संक्रमण देखिएको उनी पहिलो जापानी सेलिब्रेटी थिए । उनको वास्तविक नाम यासुनोरी शिमुरा हो । उनी ७० देखि ८० दशकमा जापानको घर–घरमा लोकप्रिय थिए । उनले ‘हाचिजिदायो जेनिनसुगो’, ‘तेन्सा ! सिमुरा डेबुटस्योन’ जस्ता शोमा काम गरेका थिए ।