कोरोना भाइरसको बाँच्ने अवधि कुन वस्तुमा कति ?

बेइजिङ(एजेन्सी) । कोरोना भाइरस अर्थात् कोभिड–१९ को विषयलाई लिएर गरिएको एक अध्ययनले कोरोना भाइरस कागजको रुपैंयाँ, स्टिलका सामान र प्लास्टिकको सतहमा कैयौं दिन जिउँदो रहने तथ्य सार्वजनिक गरेको छ । अध्ययनले घरेलू किटनाशक औषधि, ब्लिच र साबुनले लगातार हात धोएमा भाइरस भगाउन सकिने पनि अध्ययनले सुझाव दिएको छ ।

हङकङ विश्वविद्यालयका शोधकर्ताले गरेको अध्ययन अनुसार स्टिल र प्लास्टिकको सतहमा कोरोना भाइरस चार दिनसम्म जिउँदो हुन्छ । विश्वविद्यालयको स्कूल अफ पब्लिक हेल्थका लियो पून लिटमैन मलिक पीरिसले यो भाइरस अनुकुल परिस्थितिमा लामो समयसम्म सक्रिय हुने बताए । मानक कीटनाशकले यसलाई हटाउन सकिने उनले जनाए ।

शोधकर्ताले कोठाको तापक्रममा विभिन्न सतहमा भाइरस सक्रिय हुने पत्ता लगाएका छन् । छापिएका कागज र टिस्यू पेपरमा भाइरस तीन घन्टा सक्रिय हुन्छ । जबकी लकडी र कपडामा यो भाइरस एकदिनसम्म बस्न सक्छ । काँच वा बैंक नोटमा चारदिन पछि यो भाइरस हराउने गर्दछ । स्टील र प्लास्टिकको सतहमा रहेको भाइरस हट्नका लागि चारदेखि सात दिन लाग्ने शोधकर्ताले जनाएका छन् ।

शोधकर्ताले सतहमा भाइरसको समय सकिएपछि तिब्र रुपमा आफै समाप्त हुने उल्लेख गरेका छन् । पीरिसले यो अध्ययन ल्याबमा सुरक्षित तरिकाले बिना हात र औला गरिएको हो । उनले वर्तमान समयमा भाइसबाट बच्ने उत्तम उपाय पटक पटक हात धुनु रहेको बताए । हात धुँदा मुख र आँखा पनि सफा गर्नुपर्ने उनले बताएका छन् ।