पैसा जुटाउन सेलिब्रेटीको लाइभ स्ट्रिम

मुम्बई(एजेन्सी) । कोरोना भाइरसको महामारी अहिले विश्वका प्रायः सबै देशमा पुगिसकेको छ । विश्वभरीका फिल्म स्टार तथा संगीतकर्मीले कोरोनाविरुद्धको लडाईमा आफ्नो सरकारलाई आर्थिक सहयोग गरिरहेका छन् । विश्व स्वास्थ्य संगठनले कोभिड–१९ अर्थात् कोरोनाविरुद्धको लडाईंमा पैसा जम्मा गर्नका लागि एक इभेन्टको लाइभ स्ट्रिम गर्ने भएको छ ।

यो लाइभ स्ट्रिममा कैयौं स्टारले आफ्नो प्रस्तुति दिनेछन् । भारतबाट शाहरुख खान र प्रियंका चोपडा यो इभेन्टमा सहभागी हुँदैछन् । उनीहरुबाहेक लेडी गागा, डेभिड बेकह्याम, जोन लेजेन्ड, एल्टोन जोनको पनि सहभागिता रहनेछ । यो इभेन्टलाई १८ अप्रिलमा देखाइनेछ ।

यो कार्यक्रमलाई चर्चित टक शोको सञ्चालन स्टीफन कोलबर्ट, जिम्मी फलोन र जिम्मी किम्मेलले गर्नेछन् । विश्व स्वास्थ्य संगठनले यो शोको नाम ‘वन वल्र्डस् टूगेदर एट होम’ दिएको छ । यो इभेन्टबाट प्राप्त आम्दानी कोरोना भाइरस जस्तो विश्व महामारीको युद्ध लड्न खर्च गरिनेछ ।