प्रेमजोडीका लागि फेसबुकको ट्यून्ड एप

सनफ्रान्सिस्को(एजेन्सी) । सामाजिक सन्जाल फेसबुकले प्रेमजोडीका लागि एक नयाँ एप सार्वजनिक गरेको छ । कोरोना भाइरसको महामारीका कारण सिर्जना भएको सामाजिक दुरीको समयमा निजी डेटिङ एपको माध्यमबाट जोडीलाई एकापसमा जोडाउनका लागि फेसबुकले ‘ट्यून्ड’ नामक एप सार्वजनिक गरेको हो । अहिले यो एप आइओएस उपयोगकर्ताको लागि मात्र उपलब्ध रहेको फेसबुकले जनाएको छ ।

फेसबुकका अनुसार ट्यून्डले दुई व्यक्तिको एक अर्काको फोन नम्बर जोडेपछि फोटो र गीतसँगै एकअर्काको टेक्स्ट र भ्वाइस म्यासेज पठाउने सुविधा दिएको छ । हाल यो एपलाई अमेरिकामा एप्पलको एप स्टोरबाट डाउनलोडको सुविधा उपलब्ध गराइएको छ ।

वर्तमान समयमा केवल जोडीका लागि बनाइएको एप अन्य यस्ता रिलेशनशिप एप भन्दा अलग किसिमको देखिएको छैन । जहाँ मानिसहरु एक अर्कासँग सिधै च्याट गर्न सकुन् । फेसबुकले गत वर्ष एक फेसबुक डेटिङ एप सार्वजनिक गरेको थियो ।

जुन उपयोगकर्ताको आफ्नो सर्कलभित्र सम्भावित रोमान्टिक सम्बन्धलाई पत्ता लगाउन सहयोग गरेको थियो । यो सुविधालाई सिक्रेट क्रश नाम दिइएको थियो । जसमा फेसबुक प्रयोगकर्ताले आफूलाई मनपर्ने नौ साथी छनौंट गरेर उनीहरुसँग मात्र कुरा गर्ने सुविधा दिएको थियो ।