कोरोनाले मर्नुअघि बिरामीलाई मोबाइल !

लण्डन(एजेन्सी) । कोरोना भाइरसको संक्रमणका कारण मृत्युको मुखमा पुगेका बिरामीहरुको कैयौं दर्दनाक कथा बाहिर आउन थालेका छन् । ब्रिटेनमा कोरोना भाइरसका कारण अवस्था भयावह बनिरहेको छ । त्यहाँको अस्पतालमा संक्रमित बिरामीको संख्या दिनानुदिन बढ्दो छ । यस्तो अवस्थामा अस्पतालमा रहेका बिरामीहरुको दर्दनाक किस्सा सार्वजनिक हुन थालेको छ ।

समाचार अनुसार अस्पतालमा कोरोनाको संक्रमणका कारण अन्तिम अवस्थामा रहेका बिरामीलाई अन्तिम समयमा आफन्तसँग बिदा माग्नका लागि अस्पतालका मेडिकल स्टाफले मोबाइल दिने गरेका छन् । अस्पतालमा यस्ता घटना दैनिक रुपमा हुन थालेको समाचारमा जनाइएको छ ।

‘पहिले पहिले अस्पतालमा ढोकामा एक समयमा दुई कुरुवा प्रवेश गर्नु भनी लेखिएको थियो । अहिले त्यसको भाषा फेरिएको छ । तर अहिले यदि तपाईं मर्दै हुनुहुन्छ भने एकजना मात्र प्रवेश गर्नुहोला भनी लेख्न थालिएको छ ।

ब्रिटेनको अस्पतालमा कोरोना भाइरसका बिरामीका साथ कुरुवालाई आउने अनुमति दिइएको छैन । केही अस्पतालमा पीपीई मात्र रहेकाले बिरामी कुरुवाले पीपीई लगाएर मात्र अन्तिम अवस्थाको बिरामी हेर्न पाउँछ । पीपीई नभएको अस्पतालमा चाहिँ अस्पतालकै स्टाफले बिरामीलाई परिवारसँग अन्तिम कुरा बोल्नका लागि मोबाइल दिने गरेका छन् ।