बुहान(एजेन्सी) । बुहान शहरमा गम्भीर कोरोना भाइरसवाला रोगीको उपचारमा संलग्न चिकित्सकले एचआइभी एड्सको औषधि कालेट्रा कोरोना संक्रमितको उपचारमा प्रभावकारी भएको बताएका छन् । केही दिन अघि एचआइभीको औषधि प्रभावकारी नभएको समाचार आइरहँदा ती चिकित्सकले त्यो कुराको खण्डन गरेका हुन् ।वुहानस्थित जिनइन्टिन अस्पतालका अध्यक्ष झांग डिंगयूले कालेट्रा एबीवीद्वारा निर्मित लोपिनवीरर रीतोनवीर एक अफ पेटेन्ट संस्करण भएको र अहिले
अस्पतालहरुले यही औषधि सिफारिस गरिरहेको बताए । ‘हामीलाई थाहा छ कि यो औषधि लिनु लाभदायक छ । हाम्रो अस्पतालका चिकित्सकले जनवरी महिनादेखि संक्रमितलाई यो औषधि सिफारिस गरिरहेको छ ।’ उनले भने ।
गत महिनाका यो अस्पतालको कोभिड १९ संक्रमितमा गरिएको एक परीक्षणमा कालेट्रालाई एक सम्भावित औषधिको रुपमा उपचार गर्न नसकिने उल्लेख गरिएको थियो । उनका अनुसार कोरोनाको लक्षण शुरु भएको तीन दिनपछि चिकित्सकले कालेट्रा दिन शुरु गरेका थिए । औषधि लिएपछि बिरामीको स्वास्थ्यमा आएको परिवर्तन आश्चर्यजनक किसिमको थियो ।
फेब्रुअरीमा बायोसाइन्स ट्रेन्ड्स जर्नलद्वारा प्रकाशित एक अध्ययन अनुसार संघाईमा चिकित्सकले फ्लू ड्रग आर्बिडोल र पारम्परिक चिनियाँ औषधिको संयोजन गरेर कालेट्रा सिफारिस गरेका थिए । जसकारण बिरामीमा सकारात्मक सुधार देखिएको थियो ।