भर्जिनिया(एजेन्सी) । कोरोना भाइरसको महामारीका बीच कैयौं स्थानमा मानिसहरुलाई हाल रुघाखोकी समस्या देखिएको छ । कोरोना महामारीको समयमा यस्तो समस्यालाई केही देशका प्रहरीले अपराधको रुपमा हेर्न थालेका छन् । अमेरिकामा यस्तै किसिमको समस्या बाहिर आएको छ । अमेरिकाको केही राज्य सरकारले सार्वजनिक स्थानमा हाँच्छ्यू र खोक्नेलाई आतंकवाद फैलाएको आरोपमा मुद्धा लगाउने भएको छ ।
अमेरिकाको भर्जिनिया सहरमा एक अपरिचितले पसलमा सामान किनेपछि हंगामा गर्न थालेका थिए । त्यही समयमा पसलका साहुजीले प्रहरीलाई बोलाएको थियो । त्यही बेला प्रहरीले ती व्यक्तिलाई सोधखोज गर्दा ती व्यक्तिले ‘के तपाईंलाई कोरोनासँग डर लाग्दैन, म तपाईंकै छेउसमा खोक्ने र हाँच्छ्यू गर्न गइरहेको छु’ भनेपछि प्रहरीले उक्त व्यक्तिलाई पक्रेर आतकंवाद फैलाउने मामलामा मुद्धा दर्ता गरेको हो ।
उता क्यालिफोर्निया राज्यको एक सुपरमार्केमा १ हजार ८ सय डलरको किराना र अन्य सामान चाटेर राखेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । उनको सामानलाई संक्रमणका डरले नष्ट गरिएको छ ।