भेन्टिलेटरको अभावमा अस्ताए कोरोना संक्रमित

बेइजिङ(एजेन्सी) । चीनमा कोरोना संक्रमित बिरामीको निधनको संख्या बढ्नुमा नयाँ तथ्य खुलेको छ । एक अध्ययनले भेन्टिलेटरको अभावमा चीनमा मृतकको संख्या बढेको देखाएको छ ।

अध्ययन अनुसार चीनमा कोरोनाका कारक ज्यान गुमाउने करिब २० प्रतिशतले मात्र भेन्टिलेटरको सुविधा पाएका थिए । भेन्टिलेटर मेकानिकल भेन्टिलेसन र नन इनवेसिव भेन्टिलेसन गरी दुई किसिमका हुन्छन् । मेकानिकल भेन्टिलेटरको ट्युबलाई बिरामीको श्वास नलीमा जोडिन्छ । जसमाध्यमबाट फोक्सोसम्म अक्सिजन जान्छ । दोस्रो भेन्टिलेटरलाई श्वास नलीसँग जोडिँदैछन् । यसमा मुख र नाकलाई कभर गर्ने गरी मास्क लगाइन्छ ।

जर्नल अफ द अमेरिकन मेडिकल एसोसिएशनमा प्रकाशित शोधमा बुहानका २१ अस्पतालमा गरिएको अध्ययनका आधारमा निश्कर्ष निकालिएको जनाइएको छ । अध्ययन अनुसार २१ जनवरी देखि ३० जनवरीका बीच कोरोनाबाट जतिको मृत्यु भयो, तीमध्ये केवल १ सय ६८ बिरामीले मात्र भेन्टिलेटरको प्रयोग गरेका थिए ।

साउथईस्ट यूनिभर्सिटीको एक अस्पतालका वैज्ञानिकका अनुसार यद्यपि अस्पतालमा भर्ना गरिएका सबै बिरामीलाई अक्सिजन थेरापी दिइएको थियो । तर केवल ४६ बिरामीलाई मात्र मृत्यु हुनु अघि नाक वा फेस मास्कका माध्यमका अक्सिजन दिइएको थियो । उनका अनुसार एक प्रतिशत बिरामीलाई हाई फ्लो नेजल अक्सिजन थेरापी दिइएको थियो । जबकी ७२ बिरामीलाई नन इनवेसिव भेन्टिलेसन दिइएको थियो । त्यस्तै केवल ३४ बिरामीलाई नलीबाट अक्सिजन वा मेकानिकल भेन्टिलेसन दिइएको थियो ।