पचास वर्षे नियम तोड्दै पोप

लण्डन(एजेन्सी) । विश्वभर रहेका करिब १ अर्ब ३० करोड क्याथोलिक इसाईका धर्मगुरु पोप फ्रान्सिसले सदियौंदेखि चलेर आएको परम्परागतलाई तोड्दै इस्टरको अवसर पारेर आफ्नो सन्देश लाइभ प्रसारण गर्ने भएका छन् । उनले आफ्नो सन्देशमार्फत इसाईको पवित्र त्योहार मनाउँदैछन् । कोरोनाको आक्रमणबाट यूरोप र अमेरिकासहित कैयौं देशमा त्रास फैलिएपछि विश्वमा धर्म र आस्था मान्ने र यसलाई मान्ने तरिका फेरिएको हो ।

भ्याटिकन चर्चका पोप हरेक वर्ष सेन्ट पीटर स्क्वायरबाट विश्वभरका इसाई धर्मावलम्बीलाई सम्बोधन गर्दछन् । पछिल्लो करिब ५० वर्षदेखि यो परम्परा जारी रहेको छ । यो अवसरमा त्यहाँ ठूलो संख्यामा इशाई धर्मावलम्बी भेला हुन्छन् र धर्मगुरुको सन्देश सुन्दछन् । गत वर्ष करिब ७० हजार धर्मावलम्बी भेला भएका थिए । तर यसपटक पोप कोरोनाको कारण रेकर्डेड सन्देशका माध्यमबाट विश्वभरका धर्मावलम्बीलाई सम्बोधन गर्नेछन् ।

पोपको सन्देश रेकर्ड भइसकेको छ । जुन समयमा त्यहाँ एकमात्र क्यामरा थियो । उनले त्यो अनुभव आफ्ना लागि पिँजडामा कैदा भएको सरह रहेको बताएका थिए । भेटिकन इटलीको छिमेकमा रहेको एक सानो देश हो । कोरोना कारण भेटिकनको प्रवेशद्वार बन्द गरिएको छ । त्यहाँ सैनिकले सुरक्षा दिइरहेको छ ।