जानौं लियोनार्दोको भित्री कथा

लण्डन(एजेन्सी) । कोही व्यक्ति बहुमुखी प्रतिभाको धनी छन् भने ती व्यक्ति दुनियाँमा कोही भन्दा कम हुँदैनन् । त्यस्तो प्रतिभामा लियोनार्दो दा भिन्ची पनि एक पर्छन् । लियोनार्दो चित्रकार, इन्जिनियर, वैज्ञानिक, गणितज्ञ, मूर्तिकार, डाक्टर, आविष्कारक, भूगोलशास्त्री, संगीतकार, लेखक र वनस्पति विज्ञानी थिए । उनले मोनालिसाको तस्बिर बनाएर आफ्नो र मोनालिसालाई सधैं अम्मर बनाए । उनको यो पेन्टिङ आज पनि दुनियाँको भाग्यशाली पेन्टिङ मानिन्छ ।

लियोनार्दो प्राय उल्टो लेख्दथे । जसलाई पढ्नका लागि सिसाको जरुरत पर्दथ्यो । सन् १४५२ अप्रिल १५ मा जन्मिएका लियोनार्दोको निधन १५१९ मे २ मा भएको थियो । उनी इटालीको भिन्ची पहाडमा रहेको कस्बे तुस्कानमा जन्मिएका थिए । उनले जन्मलिए पनि आमाको माया पाउन सकेनन् । उनी जन्मनासाथ उनलाई आमाबाट अलग राखिएको थियो । यसपछि उनका पिताले दोस्रो महिलासँग विवाह गरिन् । भिन्ची एक धनी परिवारका सन्तान थिए । तर उनले जुन महिलासँग प्रेम गर्थे ती महिला तल्लो समुदायको थिइन् ।

लियोनार्दोले बाल्यकाल आफ्ना काकासँग बिताए । उनका पिता र दाजु दुबै इटालीका नामी वकिल थिए । यहीकारण उनीहरु काममा व्यस्त रहन्थे । तर यसको फाइदा लियोनार्दोले लिए । उनले आफ्ना काकासँग प्रकृतिको फाइदा उठाए ।

लियोनार्दो ठूलो भएपछि उनको परिवार इटालीको मिलान सहरमा बस्न थाले । उनका पितालाई लियोनार्दोले जीवनमा केही गरेर खाँदैन भन्ने लागेपछि पिताले एक चित्रकारसँग पेन्टिङ सिक्न पठाएका थिए । यहीदेखि लियोनार्दोको मनमा एक कलाकारको जन्म भयो । भिन्चीले जब पहिलोपटक तेलिय चित्रको प्रयोग गरे, त्यही समयमा कैयौं कलाकारले उनलाई महान कलाकार बन्ने भविष्यवाणी गरेका थिए ।