मुम्बई(एजेन्सी) । कोरोना भाइरसको लकडाउनका कारण अनलाइन सामाग्रीको माग बढ्दो छ । मनोरन्जनका माध्यमका रुपमा फिल्म रहे पनि थिएटर बन्द भएपछि यसका दर्शकलाई थप समस्यामा पारेको छ । नयाँ फिल्म रिलिज हुने अवस्थामा पनि तत्कालै छैन । अहिले दर्शकको ध्यान आफूतिर केन्द्रित गराउन बलिउडमा अनलाइन वेभ सिरिजको लहर चलेको छ ।
पछिल्लो केही सातामा सामाजिक सन्जालमा सेलिब्रेटी र वेब सिरिजको मात्रा बढिरहेको छ । अभिनेता कार्तिक आर्यनले हालै मात्र आफ्नो एक फोटो इन्स्टाग्राममा राखे । दाह्रीको गेटअपमा देखिएका कार्तिकले आँखामा चस्मा लगाएका थिए । यो फोटोमा उनले दाह्री सेभ गर्न नसकेको कारण देखाउँदै उनले ‘कसरी सेभ गर्नु, यो पनि कम सेक्सी छैन नि’ भन्दै क्याप्सन लेखे । यो फोटो पछि उनको तुलना मनी हाइस्टका चर्चित पात्र प्रोफेसरसँग गर्न थालियो ।
कार्तिकले प्रोफेसर जस्तो लुक्स त बनाए, तर आफ्नो पोस्टमा यसको दाबी गरेनन् । आयुष्मान खुरानाले सिधै मनी हाइस्टका पात्रसँग आफ्नो सम्बन्ध देखाए । उनले एक भिडियो इन्स्टाग्राम राखे, जसमा उनी पियानोमा बेला चाओको धुन बजाइरहेका थिए । यो भिडियोसँगै आयुष्मानले ‘म प्रोफेसर बन्न चाहन्छु । त्यसकारण मैले त्यस्तै चश्मा लगाएको छु । म यसलाई युनिभर्सलाई हस्तान्तरण गर्न चाहन्छु । हेलो, फिल्ममेकर के तपाईंहरु सुनिरहनु भएको छ । म यस्तो केही गर्न लालयित छु । म सेट र काममा जान बेचैन छु । जस्तो कि यो ग्रहमा जोकोही पनि गर्न चाहन्छ । तर धैर्य एक गुण हो ।’ भन्दै मनी हाइस्ट हेशट्याग लेखेका छन् ।
लकडाउनको समयमा बलिउड सेलिब्रेटीको वेब सिरिजका लागि आकर्षण अभिनेत्री करिना कपूर खानको तारिफबाट पनि देख्न मिल्यो । करीना फ्राइमको सिरिज फोर मोर सट्स प्लीज आफ्नो गर्ल ग्याङ(करिश्मा, मलायका र अमृता)का साथ हेरिरहेकी छन् । करिनाले शुक्रबार यो सिरिजको एक दृश्य शेयर गर्दै ‘म आफ्नो चारै साथीहरुसँग सन्तुष्ट छु । तर चार अन्य थपिए भने पनि केही समस्या हुँदैन’ भनेर लेखेकी छन् ।
हालैमात्र डिज्नी प्लस हटस्टार प्लेटफर्ममा लोकप्रिय अमेरिकन एनिमेशन शो ‘द सिम्पसन्स’को स्ट्रिम गरिएको थियो । यो शोको प्रमोसनका लागि ‘द सिम्पसन्स’को शैलीमा कलाकारले क्यारिकेचर शेयर गरेका थिए । ‘द सिम्पसन्स’ एक परिवारको कथा हो, जसमा अक्षय कुमार–ट्विंकल खन्ना, आयुष्मान खुराना–ताहिरा कश्यप र अर्जुन कपूर–अंशुला कपूरले ‘द सिम्पसन्स’ वाला कार्टुन सामाजिक सन्जालमा शेयर गरेका थिए ।