एडल्ट फिल्ममा कबीर सिंहको यस्तो रेकर्ड

मुम्बई(एजेन्सी) । बलिउडमा फिल्मको ट्रेन्ड आइरहन्छ । जस्तो अहिले बायोपिकको चलन जो चलिरहेको छ । बलिउडमा केही वर्षयता एडल्ट कन्टेन्टको मात्रा पनि बढ्दै गएको छ र कैयौं फिल्म एडल्ट सर्टिफिकेटका साथ रिलिज भइरहेका छन् । यीमध्ये केही फिल्मलाई दर्शकले निकै रुचाएका छन् । जुन फिल्म बक्सअफिसमा पनि हिट साबित भएको छ । यदी पछिल्लो १० वर्षमा रिलिज भएका एडल्ट फिल्मको कुरा गर्ने हो भने आम्दानी र समिक्षात्मक विषयमा फिल्म ‘कबीर सिंह’ शीर्षस्थानमा छ ।

अभिनेता शाहिद कपुर अभिनित फिल्म ‘कबीर सिंह’ले यो १० वर्षमा सबैभन्दा बढी आम्दानी गरेको छ र बाँकी एडल्ट फिल्मले यो रेकर्डलाई तोड्न पनि सकेका छैनन् । ‘कबीर सिंह’ भन्दा अघि ‘ग्राण्ड मस्ती’, ‘द डर्टी पिक्चर’, ‘वीरे दी वेडिङ’, ‘शूटआउट एट वडाला’ जस्ता फिल्म रिलिज भएका थिए । तर कमाईको मामलामा अधिकांश फिल्म सय करोड क्लबमा प्रवेश गर्न पाएनन् । ‘कबीर सिंह’लाई दर्शक र समिक्षकले निकै मनपराए र फिल्मले बक्सअफिसमा २ सय करोड क्लबमा प्रवेश गर्यो । त्यसो त यो फिल्मलाई लिएर निकै विवाद पनि नभएको होइन ।

‘कबीर सिंह’ले बक्सअफिसमा २ सय ७८ करोडको कारोबार गरेको थियो । फिल्ममा शाहिद कपूर र कियारा आडवाणीको प्रमुख भूमिकामा अभिनय रहेको थियो । यो फिल्मको गीतलाई दर्शकले निकै मनपराएका थिए ।

‘कबीर सिंह’बाहेक दश वर्ष यता रिलिज भएका फिल्ममध्ये ‘ग्राण्ड मस्ती(२०१३)’ ले १ सय २ दशमलब ५० करोड, ‘द डर्टी पिक्चर(२०११)’ ले ८५ करोड, ‘वीरे दी वेडिङ(२०१८)ले ८३ करोड, ‘शूटआउट द वडाला(२०१३)ले ६२ करोड, ‘प्यारका पंचनामा २ (२०१५)’ले ६२ करोड, ‘उड्ता पञ्जाब (२०१६)’ ले ५९ दशमलब ६० करोड, ‘मलंग (२०२०)’ ले ५९ दशलमब ०४ करोड, ‘डेली बेली (२०११)’ ले ५४ करोड र ‘हेट स्टोरी ३ (२०१५)’ले ५३ दशमलब ५० करोड आम्दानी गरेको थियो ।