टम एण्ड जेरी निर्देशक जीनको निधन

लसएन्जल्स(एजेन्सी) । एनिमेसनका कारण विश्वव्यापी चर्चामा आएका ओस्कार एवार्ड विजेता जीन डिचको ९५ वर्षको उमेरमा निधन भएको छ । जीन एनिमेटर, निर्माता र निर्देशक पनि थिए । जीन प्रख्यात कार्टुन क्यारेक्टर ‘टम एण्ड जेरी’का कारण सबैभन्दा लोकप्रिय भए । यसबाहेक उनको फिल्म ‘मुनरो’ले ‘बेस्ट एनिमेटेड सर्ट फिल्म’ विधामा सन् १९६० मा एकेडेमी अवार्ड जितेको थियो । डिच दोस्रो पटक सन् १९६४ मा पनि यो अवार्डका लागि मनोनयनमा परेका थिए ।

समाचार अनुसार शुक्रबार बिहान जीनको निधन प्रागस्थित उनको अर्पाटमेन्टमा भएको  थियो । उनको निधन अचानक भएको र के कारण हो भन्ने हालसम्म जानकारी नभएको बताइएको छ । जीनले पहिलो टम टेरिफ सिरिज बनाएका थिए । जबकी उनले ने पहले टा‘म टेरिफ सीरिज बनाई थी, जबकि उनले ‘सिड्नीज फेमिली ट्री’को सहनिर्माण गरेका थिए । दुबै सिरिज सन् १९५८ को एकेडेमी अवार्डका लागि मनोनित भएका थिए ।

डिचको जन्म सन् १९२४ अगस्ट ८ मा सिकागोमा भएको थियो । उनी १९५९ मा प्राग पुगे । जहाँ उनी मात्र १० दिन बिताउन आएका थिए । त्यहाँको जुडेन्कोसँग प्रेमपछि जीनले आफ्नो नयाँ ठेगाना चेकोस्लोवाकियामा बनाए । यसपछि जीनले ‘टम एण्ड जेरी’को १३ भाग निर्देशन गरे । उनले ‘पोपाय द सेलर’ सिरिजको केही भाग पनि निर्देशन गरेका थिए । जीनले सन् १९८९ मा चेकोस्लोवाकिया र चेकमा कम्यूनिष्ट विरोधी क्रान्तिपछि प्रागमा लिने निर्णय लिए । एनिमेसनमा उनले पुर्याएको योगदानका लागि सन् २००४ मा उनलाई विन्सर म्याकके अवार्डबाट सम्मान गरिएको थियो ।