कोरोनाले फेरियो अनुहारको रंग

बेइजिङ(एजेन्सी) । कोरोना भाइरसको कहरको असर विश्वव्यापी देखिइ रहेको छ । दिनानुदिन यो भाइरसको नयाँ लक्षण र फैलने तरिका पनि अगाडि आइरहेको छ । जसकारण यसको उपचार खोज्न झन समस्या भइरहेको छ । यो संक्रमणको चपेटामा परेपछि शरीरको कैयौं हिस्सा प्रभावित हुने गर्दछ । तर चीनमा यो भाइरसको चपेटामा परेका दुई डाक्टरको अनुहारको रंग फेरिएको छ । अर्थात् उपचार अघि सेतो वर्णका उनीहरु अहिले काला भएका छन् ।

समाचार अनुसार ४२ वर्षे डाक्टर यी फान र डा. हू विफेंग बुहानको सेन्ट्रल हस्पिटलमा कोरोना संक्रमितको उपचारमा संलग्न भइरहँदा कोरोनाको चपेटामा परेका थिए । उनीहरुको उपचारमा संलग्न चिकित्सकले कलेज काम नलाग्ने भएपछि हर्मोनको असन्तुलनका कारण दुवैको अनुहारको रंग कालो भएको बताए । डाक्टर यीलाई करिब ३९ दिनसम्म आइसीयूमा राखिएको थियो । त्यसपछि मात्र उनलाई बचाउन सकिएको चिकित्सकले जनाएका छन् ।

त्यस्तै डाक्टर विफेंगलाई पनि लामो उपचार पछि अस्पतालबाट डिस्चार्ज गरिएको छ । तर दुवैजना कमजोर देखिएका छन् । दुवैको शरीरको रंग पूर्ण रुपले फेरिएको छ ।कोरोना भाइरसको कहर सबैभन्दा पहिले चीनको वुहान सहरमा देखिएको थियो । त्यसपछि यसको प्रभाव सारा विश्वमा देखिएको छ । चीनका डाक्टरहरुले यो वर्षको अन्त्यसम्ममा कोरोना भाइरसको सुई लगाउने योजना बनाएका छन् । ताकि कुनै पनि आपतकालिन अवस्थामा उनीहरुको सुरक्षा हुन सकोस् ।