अभिनेता मिथुनलाई पितृशोक

मुम्बई(एजेन्सी) । बलिउडका दिग्गज अभिनेता मिथुन चक्रवर्तीका पिता वसन्तकुमार चक्रवर्तीको निधन भएको छ । लामो समयदेखि अस्वस्थ वसन्तले मंगलबार मुम्बईमा अन्तिम सास फेरेका हुन् । ९५ वर्षका वसन्तको किड्नी खराबीका कारण निधन भएको थियो ।

समाचार अनुसार हाल मिथुन बेङ्लोरमा छन् । भारतभर लकडाउन भएपछि उनी बेङ्लोरमा अड्किएका हुन् । उनी कुनै फिल्मको सुटिङका लागि त्यहाँ गएको जनाइएको छ ।