किम जोङ उनः एक रहस्यमयी नेता

सिओल(एजेन्सी) । उत्तर कोरिया र त्यहाँका सर्वोच्च नेता किम जोङ उनकोे बारेमा विश्वलाई सायदै कममात्र जानकारी छ । किनकी उत्तर कोरियाबाट हरेक सूचनाहरु कमै मात्र बाहिरी विश्वले थाहा पाउँछ । किम जोङ उनको बारेमा जति पनि खबर बाहिर आउँछ, ती सबैलाई पत्याउन जोकोहीलाई मुस्किल नै पर्छ । किम जोङ उन सन् १९८४ मा जन्मिएका हुन् या त्यसपछि भन्ने कुरा अहिलेसम्म सस्पेन्स नै छ । तर दक्षिण कोरियाले भने किम सन् १९८६ सालमा जन्मिएकाले उनी आफूलाई ठूलो र वयस्क बताउनका लागि उनी उमेर बढाएर अरुलाई जानकारी दिन्छन् ।

उत्तर कोरियाली जनताहरु आफ्ना सर्वोच्च नेताले तीन वर्षको उमेरदेखि नै गाडी चलाउन सिकेको दाबी गर्छन् । जुन कुरालाई बाहिरी विश्वले पत्याउन सकेको छैन । उनी विद्यालयमा पनि पढाउँछन् । नौ वर्षको उमेरमा डुंगाको रेसमा एक डुंगा कम्पनीका मालिकलाई पराजित गरेका थिए । किमको पढाई सुरुवाती समयमा राम्रो थिएन । त्यसपछि उनका पिताले उनलाई पढ्नका लागि स्वीटजरल्याण्ड पठाए । जहाँ उनले आफ्नो पहिचान लुकाएर पढे । उनका साथीहरुलाई उनी कुटनीतिज्ञको छोरा हुन् भनेर चिनाइएको थियो । किमले आफ्नो हजुरबुवा जस्तो देखिनका लागि प्लास्टिक सर्जरीसमेत गराएका थिए ।

उत्तर कोरियाका नेताहरु ट्वाइलेट ब्रेकसमेत लिँदैनन् भन्ने चर्चा निकै सुनिन्छ । किम जोङ उनका पिता किम जोङ–इलको बायोग्राफीमा पनि यो कुरा लेखिएको छ । उनले बायोग्राफीमा उत्तर कोरियाका नेतालाई ट्वाइलेट ब्रेकको जरुरी नभएको लेखेका थिए । यो दाबी किम जोङ उनका लागि पनि उत्तिकै प्रभावकारी छ, किनकी उनी पनि ट्वाइलेट जाँदैनन् । किमले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्न जाँदा उनीसँगै विशेष वाथरुम पनि गएको थियो ।

किमसँग जोडिएका हरेक कुरामा उत्तिकै रहस्य छ । किम भरसक विदेश यात्रा गर्दैनन् । सन् २०१९ मा किम सिंगापुर गएर अमेरिकी राष्ट्रपतिसँग भेट गरेका थिए । सन् २०११ मा पिताको सत्ता सम्हालेपछि यो उनको पहिलो विदेश यात्रा थियो । पछिल्लो ३२ वर्षमा उत्तर कोरियाका कोही नेता विदेश गएका थिए भने त्यो नै किम जोङ उन पहिलो थिए । किमलाई जहिल्यै पनि क्रुर शासकका रुपमा हेर्ने गरिन्छ । किमले चाहेको जति मात्र सूचना बाहिरी विश्वमा पुग्ने गरेको छ । आफ्ना मानिसमा उनले किसिम–किसिमका बन्देज लगाएका छन् ।