घरमै कोरोना टेस्ट सुविधा

वासिङटन(एजेन्सी) । कोरोना परीक्षणको दिशामा एक अहम कदम उठाउँदै अमेरिकाको फूड एण्ड ड्रग एडमिनिस्ट्रेशन (एफडीए) ले घरमा नै कोभिड–१९ को परीक्षण गर्न सक्षम किटलाई अनुमति दिएको छ । घर–घरमै कोरोनाको परीक्षण गर्न सक्ने यो नै पहिलो किट हुनेछ । अमेरिकी कम्पनी ल्याब कर्पले यो घरेलू टेस्ट किटको विकास गरेको हो । अमेरिकामा यो परीक्षणको मूल्य १ सय १९ डलर राखिएको छ ।

यो कम्पनीको पुरा देशमा चिकित्सा प्रयोगशालाको एक नेटवर्क छ । एफडीएका कमिश्नर स्टीफन एम हानले चिकित्सकको रेखदेखमा केही परिस्थितिमा बिरामीलाई टेस्ट किट पठाएर परीक्षण गर्न सकिने बताए । यसमा परीक्षणका लागि बिरामी स्वयं आफ्नो नमूना दिएर किटलाई फिर्ता पठाउन सक्छन् । त्यसपछि मात्र बिरामीले आफ्नो रिपोर्ट पाउनेछ ।