मास्क नलगाउनेलाई ५ हजार डलर जरिवाना

बर्लिन(एजेन्सी) । कोरोना भाइरस महामारी रोक्नका लागि विश्वभरीका देशले केही कडा नियम बनाएका छन् । त्यो नियम पालन नगर्नेलाई उनीहरुले सजायको व्यवस्था पनि गरेका छन् । कोरोना भाइरसका कारण आफ्नो देशमा ५ हजार भन्दा बढी नागरिक गुमाइसकेको जर्मनीले मास्क नलगाउनेलाई पनि जरिवानाको व्यवस्था गरेको छ ।

जर्मनी त्यो देशमा पर्दछ, जसले कोरोना भाइरसलाई नियन्त्रण गर्ने तरिका अपनाउँदा यसले आलोचना र तारिफ दुबै पाएको छ । यो देशले अहिले सबै नागरिकलाई अनिवार्य मास्क लगाउन आव्हान गरिसकेको छ । तर पछिल्लो केही हप्तादेखि जर्मनीले मानिसमा लगाएको लकडाउन कम गर्दै लगेको छ । त्यहाँको सरकारले ८ हजार ६ सय वर्ग फूट भन्दा बढी सबै पसल खोल्नका लागि अनुमति दिएको छ । यसबाहेक देशका सबै कार डिलर र साइकल स्टोर पनि खोलिएको छ । तर जर्मनीमा कोरोना संक्रमण रोक्नका लागि एक नियमलाई निकै कडा रुपमा लागु गरिएको छ । यहाँ अनिवार्य मास्क लगाउनुपर्ने नियम बनाइएको छ । यदी कसैले यो नियम पालना नगरे १६ देखि ५ हजार ४ सय १२ डलर जरिवाना तिनुपर्ने हुन्छ ।

भलै यो देशको १६ राज्यमा केही जरिवानाको व्यवस्था गरिएको छैन । तर बाँकी राज्यमा मास्कलाई लिएर विभिन्न प्रकारका जरिवानाको व्यवस्था गरिएको छ । जर्मन चान्सलर एन्जेला मर्केलले लकडाउन खुकुलो बनाउँदा धेरै देशमा पुनः कोरोना भाइरसको संक्रमण शुरु भएको जनाउँदै उनले यो नियम ल्याएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । ‘आम नागरिकमा यो सुचित गरिन्छ कि सार्वजनिक यातायातका साधन र किनकेलको समयमा मास्क अनिवार्य लगाउनुपर्नेछ’, उनले भनेकी छन् ।

जर्मनीमा पनि अमेरिकाको जस्तै विकेन्द्रीत प्रणाली छ । यहाँका राज्यमा कैयौं नियम कानूनको पालनालाई लिएर स्वतन्त्रता छ । यस्तो अवस्थामा कुनै पनि राज्यलाई मास्क अनिवार्य गराउन बाध्यतात्मक बनाउन सकिँदैन । तर पनि कैयौं राज्यले यो नियमलाई अलग–अलग किसिमले सजायका साथ लागु गराइरहेका छन् ।