पीपीई नहुँदा नग्न बने चिकित्सक

बर्लिन(एजेन्सी) । कोरोना भाइरसले सारा विश्व प्रभावित भएको छ । लाखौं मानिसले हालसम्म ज्यान गुमाइ सकेका छन् भने लाखौं संक्रमित आफ्नो उपचार गराइरहेका छन् । विश्वका कैयौं देशमा खतरापूर्ण अवस्थामा छ । यस्तो अवस्थामा अग्रमोर्चामा कार्यरत स्वास्थ्यकर्मीहरु बढी जोखिममा छन् ।

चिकित्सक र प्रहरीले आफ्नो सुरक्षाका लागि किट पनि पाएका छैनन । संक्रमितहरुको उपचारमा संलग्न चिकित्सकका लागि किट नहुँदा बढी खतरा छ । सुरक्षा किट नहुँदा उनीहरु बिरामी भइरहेका छन् नै उनीहरुले विभिन्न किसिमका समस्याको सामना पनि गरिरहनुपरेको छ । जर्मनीका चिकित्सकहरु पनि हालका दिनमा यस्तै समस्याको सामना गरिरहेका छन् ।

जर्मनीका चिकित्सकहरु यतिबेला पर्सनाल प्रोटेक्टिव इक्विपमेन्ट(पीपीई)को कमीमा जुधिरहेका छन् । मेडिकल स्टाफहरु पीपीई सूट नपाउँदा त्यसको विरोध गरिरहेका छन् । जर्मनीका डाक्टरको विरोध जनाउने शैली यतिबेला सामाजिक सन्जालमा निकै भाइरल भइरहेको छ । चिकित्सकहरुले शरीरको कपडा उतारेर क्लिनिकमा आएका बिरामीलाई नग्न भएर उपचार गरिरहेका छन् । सामाजिक सन्जालमा यसरी उपचार गरिएका केही तस्बिर राखिएका पनि छन् ।

जर्मनीमा हालसम्म एक लाख ५८ हजार ७ सय ५८ मामला बाहिर आएका छन् । जसमा ६ हजार संक्रमितको निधन भइसकेको छ । चिकित्सकहरुले आफूहरु सुरक्षाका लागि पर्याप्त उपकरण नभएका कारण आफूले अर्धनग्न भएर उपचार गर्नुपरेको बताएका छन् ।