बाबाको २ पैसे जागिरमा उमेश

काठमाडौं । संगीतकार उमेश रेग्मी नया“ एल्बम ‘बाबाको २ पैसे जागिर’ लिएर श्रोतामाझ आएका छन् । यो उनको चौथो एलबम हो । एल्बममा ‘इनरुवा बजारमा,’ ‘प्रिय तिम्रो तस्बिर कोर्न मन लाग्छ’ र ‘बाबाको २ पैसे जागिर’ गरी चार गीत छन् । सबै गीत उमेशले नै लेखेका हुन्, जसमा विश्व नेपाली, टीका प्रसाईं र भारतीय गायिका सञ्जीवनीको स्वर सुन्न सकिन्छ ।

‘सधैंझैं यस पालि पनि श्रोताहरूलाई केही नया“ स्वाद दिने कोसिस गरेको छु,’ उमेशले भने, ‘मन पराउनुहुन्छ भन्ने विश्वास छ ।’ ‘बाबाको २ पैसे जागिर’ आफ्नै बुवाको कथा रहेको पनि उनले खुलाए । यो गीतको म्युजिक भिडियो पनि निस्केको छ । युवराज वाइबाले निर्देशन गरेको भिडियोमा विजय बराल, लुनिभा तुलाधर र एलिश खनालको अभिनय हेर्न सकिन्छ ।

सुनसरीको इनरुवामा जन्मेका उमेश केही वर्षयता अमेरिका बस्दै आएका छन् । उनले एकल संगीतमा यसअघि ‘युमेश,’ ‘मेरो याद तिमीलाई,’ ‘छोरी’ जस्ता एल्बम निकालिसकेका छन् ।