जिब्रोको रंगले दर्शाउछ स्वास्थ्य समस्या

काठमाडौं । बिहान उठेर ब्रस गर्दा दाँतसँगै जिब्रोको पनि सफाई गर्नु उत्तिकै आवश्यक छ । किनकी दाँतमा खाना अड्किँदा त्यसको केही भाग जिब्रोमा पनि टाँसिन्छ । ब्रस गरेको अवस्थामा जिब्रोको सफाई नगर्दा त्यसको तह पनि बढ्दै जान्छ । जुन स्वास्थ्यका लागि ठिक होइन । यतिमात्र होइन, जब जिब्रोको रंग परिवर्तन हुन्छ, त्यसको रंगले पनि तपाईंको स्वास्थ्यमा के कस्तो समस्या उत्पन्न भइरहेको छ भन्ने कुराको संकेत गर्दछ । जिब्रोको रंग अनुसार शरीरमा के कस्तो समस्या आउँछ भन्ने कुरा यहाँ प्रस्तुत गरिएको छ ।

यदि तपाईको जिब्रो खैरो हुँदै गएको छ भने त्यसले तपाईंलाई छालाको क्यान्सर हुने सम्भावना देखाउँछ । जसलाई मेलेनोमा पनि भनिन्छ । त्यस्तै कालो जिब्रो भएको व्यक्तिमा किटाणुले आक्रमण गर्दैछ भन्ने संकेत दिन्छ । धेरै मात्रामा धुम्रपान र मदिरा सेवनले पनि मान्छेको जिब्रो कालो हुने गर्दछ । यसलाई हटाउनका लागि दैनिक रुपमा जिब्रोलाई सफा गर्नुका साथै दातलाई पनि राम्रोसँगले सफा गर्नुपर्छ । दैनिक रुपमा दाँत र जिब्रोको सफाई गर्दा जिब्रो गुलाबी रंगमा परिवर्तन हुन्छ ।

कसैको सेतो जिब्रो छ भने त्यस्तो हुनुको कारण डिहाइड्रेशन र खानेकुराको कण जम्मा हुनु हो । यसबाहेक नियमित धुम्रपानले पनि जिब्रो सेतो हुने गर्दछ । तर दैनिक सफाई गर्दा जिब्रोको सेतो तहलाई सजिलै हटाउन सकिन्छ ।

कोही मानिसको जिब्रो रातो छ भने तुरुन्तै डाक्टरकोमा सम्पर्क गर्दा राम्रो हुन्छ । रातो जिब्रोले कुनै गम्भीर बिरामीको संकेत गर्दछ । त्यस्तै पहेलो जिब्रो हुने मानिसहरु डिहाइड्रेशन, धुम्रपान र ज्वरोको कारक हुनसक्छ । यसबाहेक कलेजोको समस्यालाई पनि यसले दर्शाउँछ ।
–एजेन्सीको सहयोगमा