सलमानको फोटो खिच्दा ज्याकुलिन पक्राउ

मुम्बई(एजेन्सी) । कोरोना भाइरसको बढ्दो मामलालाई मध्यनजर गर्दै भारतमा लकडाउनको अवधि १७ मे सम्म पु¥याइएको छ । यस्तो अवस्थामा करिब दुई हप्तासम्म मानिसहरु अझै पनि घरमै बस्नुपर्ने हुन्छ । बलिउडका कलाकारहरु पनि सरकारको नियमलाई पालना गर्दै घरमा नै बसिरहेका छन् ।

अभिनेता सलमान खान लकडाउनका कारण पनवेलस्थित फार्म हाउसमा बसिरहेका छन् । जहाँ उनका परिवारका केही सदस्यका अलावा अभिनेत्री ज्याकुलिन फर्नान्डिस पनि छिन् । पनवेलबाट ज्याकुलिन र सलमानको कैयौं तस्बिर सामाजिक सन्जालमा आइरहेका छन् । यसबीचमा सलमानको एक तस्बिर सामाजिक सन्जालमा भाइरल भइरहेको छ ।

सलमानले यो तस्बिर हालै मात्र आफ्नो इन्स्टाग्राममा शेयर गरेका छन् । यो तस्बिरलाई ज्याकुलिनले खिचेकी हुन् । तस्बिरमा सलमानले पसिना बगाउँदै गरेको देख्न सकिन्छ । तस्बिरका साथ सलमानले ‘ज्याकी लुकेर फोटो खिच्दै गर्दा पक्राउ परिन् । ज्याकी पक्राउ परेपछि पनि अरु फोटो खिचिन्, जुन फोटो उसले आफैं पोस्ट गर्नेछिन्’ भन्दै क्याप्सन लेखेका छन् ।

सलमानको त्यो तस्बिर सामाजिक सन्जालमा भाइरल भइरहेको छ । तस्बिरलाई उनका फ्यानले निकै रुचाएका छन् । ज्याकुलिनले अर्को फोटो आफ्नो इन्स्टाग्रामबाट सार्वजनिक गरेकी छन् । जुन फोटोमा सलमान जिममा शारीरिक व्यायाम गरिरहेका छन् । यो तस्बिर इन्स्टाग्राममा राखेको केही घण्टामै १० लाख बढी लाइक आएको छ ।