अवार्डको रकम समाजसेवामा लगाउने विजय

मुम्बई(एजेन्सी) । दक्षिण भारतीय फिल्मका स्टार विजय देवरकोन्डाले आज ३० औं जन्मदिन मनाइरहेका छन् । फिल्म ‘अर्जुन रेड्डी’मा प्रेममा आफूलाई नै मेटाउने भूमिका निभाएर उनले पुरै भारतमा सनसनी मच्चाएका थिए । उनको यो ब्लकब्लस्टर फिल्मले यति चर्चा पायो कि यसलाई हिन्दीमा ‘कबीर सिंह’ र तमिलमा ‘बर्मा’ नामले बनाइएको थियो ।

बलिउड अभिनेता साहिद कपुर अभिनित फिल्म ‘कबीर सिंह’ले बक्सअफिसमा तहल्कै मच्चायो । यसका बाबजुद पनि विजयले हिन्दीसहित पुरै देशका फिल्मप्रेमीमाझ विशेष स्थान बनाए । यस्तो अवस्थामा जोकोही पनि विजयको बारेमा धेरै जान्न चाहन्छन् ।  विजय राम्रो लेखक पनि हुन् । उनी कक्षा ४ देखि लेखिरहेका छन् र आफ्नो यो जोशमा उनले विजय प्राप्त गरिसकेका छन् । यद्यपि उनको लेखन अहिलेसम्म कुनै फिल्मको स्क्रिप्टको रुपमा बाहिर आएको छैन । तर उनी कुनै समय आफ्नो लेखनलाई फिल्मका रुपमा प्रस्तुत गर्न चाहन्छन् ।

विजयले फिल्ममा आउनु अघि थिएटरबाट अभिनय यात्रा शुरु गरेका हुन् । उनले हैदराबादको थिएटर सूत्रधारबाट अभिनय यात्रा शुरु गरेका थिए । यो थिएटरका कैयौं नाटकमा उनको प्रत्यक्ष सहभागिता थियो । साउथ स्टारका अलावा विजय एक व्यापारी पनि हुन् । आफ्नो क्लोथिङ ब्राण्ड राउडी मालिक विजय यस्तो व्यवसाय गर्ने पहिलो तेलुगू स्टार हुन् । यो उनले एक वर्ष अघि शुरु गरेका हुन् ।

विजयले आफ्नो फिल्म ‘अर्जुन रेड्डी’का लागि मिलेको एक अवार्डलाई २५ लाख रुपैंयाँमा बेचेर आएको रकम तेलंगाना सीएम रीलिफ फंडमा दान गरेका थिए । उनी चाँडै नै बलिउड स्टार अनन्या पाण्डेका साथ फिल्म ‘फाइटर’मा देखिँदेछन् । कोरोना भाइरसको लकडाउन अघिसम्म यो फिल्मको सुटिङ मुम्बईमा भइरहेको थियो ।