रक एण्ड रोल रिचर्ड रहेनन्

लसएन्जल्स(एजेन्सी) । प्रख्यात अमेरिकी गायक तथा गीतकार लिटिल रिचर्डको ८७ वर्षको उमेरमा निधन भएको छ । परिवारका अनुसार उनको बोन क्यान्सर भएर तुलाहोमा टेनिसेमा निधन भएको हो । उनलाई विभिन्न बनी बनाउ परिपाटी तोड्ने गीतकार, गायक, कलाकारका रुपमा आम मानिसले चिन्दथे । उनको एलबम ‘रक एण्ड रोल’मा नयाँ ट्रेण्ड सुरु गरेकैले उनी सबैमाझ चिनिए । उनको गीत ‘टुट्टी फ्रुटी’ र ‘लङ टल सैली’ चर्चित छन् ।

उनको निधनमा हलिउड जगत शोकमा छ । कैयौं ठूला कलाकारले उनको निधनमा शोक व्यक्त गरेका छन् । रिचर्ड युवा र पुराना दुवै पुस्ताबीच लोकप्रिय थिए । उनी ओपेरा गायनमा पनि उत्तिकै लोकप्रिय थिए । सन् १९५८ मा रिचार्डको हिट नम्बर ‘गुड गोली मिस मोली’ चार्टमा अग्रस्थानमा थियो । हलिउडका द बिटलेस, इल्टन जोन र एल्भिस प्रिस्ले रिचार्डलाई आफ्नो प्रेरणा मान्थे । उनले सन् १९८६ मा ‘रक एण्ड रोल हल अफ फ्रेम’को शुरुवात गरेका थिए ।

रिचर्डको जन्म रिचर्ड वेयन पेनिमेनका रुपमा सन् १९३२ मा जन्म भएको थियो । उनी सन् १९५० को दशकमा सर्वाधिक हिट गायक हुन् । उनले आफ्ना ३० लाख बढी गीत बिक्री गरेका थिए । उनको निधनमा समवेदना व्यक्त गर्दै बिटलेसका ड्रमर सर रिंगो स्टारले ‘भगवानको आशिवार्द लिटिल रिचार्ड, मेरो एक सदाबहार सांगीतिक हिरो’ भनी ट्वीट गरेका छन् ।

रिचार्डका बेस गिटारिष्ट चाल्र्स ग्लेनले रिचर्ड दुई महिनादेखि अस्वस्थ रहेको बताए । उनले रिचर्डले घरमा उनका दाजुभाइ, दिदीबहिनी र छोराको अगाडि अन्तिम सास फेरेको बताए । रिचर्ड १२ औं सन्तानमध्येका एक हुन् । उनले आफ्नो खुट्टामा उभिनका लागि गायन करियर शुरुवात गरेको बताएका थिए ।