अफवाह फैलाउदा रिसाए सलमान

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता सलमान खान आफ्नो अभिनयका कारण सबैको रोजाईमा पर्छन् । तर उनको रिस कस्तो छ भन्ने कुरा जगजाहेर नै छ । यो समय सलमान एक अफवाहका कारण निकै रिसाइरहेका छन् । केही दिनदेखि सलमान आफ्नो नयाँ फिल्मका लागि कास्टिङ गरिरहेका छन् भन्ने अफवाह फैलिएपछि सलमान रिसाएका हुन् । अफवाहमा सलमान खान फिल्मस्ले मानिसहरुमा म्यासेज पनि आएको छ भन्ने दाबी गरिएको छ ।

तर यो अड्कलबाजीलाई बिराम लगाउने काम स्वयं सलमानले नै गरेका छन् । उनले सामाजिक सन्जालमा आफूले कुनै पनि फिल्मका लागि कास्टिङ नगरेको उल्लेख गरेका छन् । उनले अफवाह फैलाउनेका विरुद्ध एक्सन लिने चेतावनी दिएका छन् । ‘यो स्पष्ट गरिन्छ कि न त मैले नै न त सलमान खान फिल्मस्ले नै कुनै पनि फिल्मका लागि कास्टिङ गरिएको छैन । यस्तो कुनै पनि सन्देशमा विश्वास नगर्नुहोला, त्यस्तो मानिस र संस्थानका विरुद्ध कानूनी एक्सन गरिनेछ ।’ उनले लेखेका छन् ।

सलमानले लकडाउनका समयमा दुई गीत सार्वजनिक गरेका छन् । एउटा गीत ‘तेरे बिना’ अभिनेत्री ज्याकुलिन फर्नान्डिजसँग खिचिएको छ भने अर्को गीत ‘प्यार करोना’ पनि रिलिज गरिएको छ । दुवै गीत सामाजिक सन्जालमा छाइरहेका छन् । सलमान दर्शकमाझ चाँडै ‘राधे’ र ‘कभी इद कभी दिवाली’मा देखिँदैछन् । यसबाहेक उनी ‘एक था टाइगर’को तेस्रो संस्करणको तयारी पनि गर्दैछन् । तर अहिले कोरोना महामारीका कारण सुटिङका कार्यक्रम रोकिएका छन् ।