एम्सटर्डम(एजेन्सी) । नेदरल्याण्डको सरकारले कोरोना भाइरस लकडाउनको समयमा आफ्नो सेक्स पार्टनर खोज्न सल्लाह दिएको छ । यहाँको नेशनल इनिष्टिच्यूट फर पब्लिक हेल्थ एण्ड एनवायरेमन्टले जारी गरेको विज्ञप्ती अनुसार सरकारले एक्लै बसिरहेका मानिसहरुलाई एक पार्टनर खोज्न आव्हान गरेको हो । सरकारले सेक्स पार्टनरलाई कोरोना भाइरसको संक्रमण छ भने उसलाई बचाउन पनि चेतावनी दिएको छ ।
मे १४ मा जारी गरिएको निर्देशिका अनुसार कोरोना भाइरसको महामारीका समयमा शारीरिक सम्बन्ध बनाएको समयमा एक्लै बस्दै आएका मानिसहरुले विशेष सावधानी अपनाउनुपर्नेछ । उसले पार्टनरसँग सम्बन्ध राख्नु अघि कोरोना भाइरसको संक्रमण छ या छैन भनेर जानकारी लिनुपर्ने पनि निर्देशिकामा उल्लेख छ ।
निर्देशिका अनुसार पार्टनरले अत्यन्त कम मानिससँग भेट गर्नुपर्ने व्यवस्था मिलाइएको छ । उसले पार्टनरसँग बढी भन्दा बढी समय घरभित्रै बस्न आग्रह गरेको छ । नेदरल्याण्डमा मे ११ बाट कोरोना भाइरस लकडाउन एक्जिट प्लानको प्रथम चरण शुरु भएको छ । पहिलो चरणमा यहाँ पुस्तकालय, सैलुन, ब्युटीपार्लर, मसाज र व्यावसायिक चिकित्सा प्रदान गर्ने संस्थाहरु खोल्न अनुमति दिएको छ ।