सुब्बाको आँखा राम्रो मृग जस्तो

काठमाडौं । प्रवासी गीतकार समुन्द्र केसीको शब्द रहेको ‘आँखा राम्रो मृगजस्तो हरिण झै त्यो चाल’ बोलको लिरिकल भिडियो सार्वजनिक भएको छ । कैलाश क्रान्तिको संगीत, कृष्णभक्त राईको एरेन्ज रहेको गीतमा निर्मल सुब्बाको स्वर छ ।

‘गीत, संगीत पेशा नभएर आफ्नो रहर र आत्म सन्तुष्टिको लागि गाउने गरेको हुँ ।’ गायक सुब्बाले भने । गायक सुब्बाले यस गीतको म्युजिक भिडियो केही समय पछि निर्माण गर्नेे जनाए ।